काठमाडौं । परराष्ट्र मन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अङ्गका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।