दाङ । दाङमा प्रहरीले भन्सार छलेर ल्याइएका ३ लाख ३० हजार ९९० रुपैयाँ बराबरको सामन बरामद् गरेको छ ।
इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीको टोलीले हिजो लमही नगरपालिका वडा नं. ९ स्थित ट्रक समितिको कार्यालय नजिकैबाट ती सामानहरु बरामद् गरेको हो ।
सामानहरु आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको प्रहरीले जनाएको छ।
बरामद् भएका सामानहरु :-
१) कार, मो.सा.Wash ३०३ लिटर (प्रति लिटर रु.३० को दर)= रु.९,०९०/-
२) Hand Wash २३० लिटर (प्रति लिटर रु.६० को दर) = रु.१३,८००/-
३) Dish Wash १८० लिटर (प्रति लिटर रु.५० को दर)= रु.९,०००/-
४) कटनको तन्ना ८३८ पिस (प्रति पिस रु.३०० को दर)= रु.२,५१,४००/-
५) सिरानि को कभर ७९५ पिस (प्रति पिस रु.६० को दर)= रु.४७,७००/-











