दाङ । दाङमा प्रहरीले तीन जनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार बेलुका ४ बजेतिर बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोजी बस्ने वर्ष ३८ को ईमरान सिद्दिकी हलवाई र सोही ठाउँ ८ ज्वलाहापुर बस्ने बर्ष ३८ को नुरूद्दिन अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई राप्ती गाउँपालिका ५ पुर्व-पश्चिम राजमार्गको कालापानीबाट इलाका प्रहरी कार्यालय भालुवाङ दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो । उनीहरुबाट ३१ ग्राम १६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । दुबै जनालाई दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी रुकुम (पुर्व) पुथा उत्तरगंगा गाउँपालिका १२ बस्ने बर्ष २६ को सुजन परियार पनि प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनलाई आज सोमवार दिउँसो १३ ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित लमहीबाट पक्राउ गरेको हो । परियारलाई पनि अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।