उदय बीसी/दाङ 
दाङमा बैदेशिक रोजगारमा ठगी गर्ने कार्य बढ्दै गएका छन् । विदेशमा गए दुई/चार पैसा कमाइ हुन्छ कि भनेर रोजगारका लागि विदेश जानेहरुलाई दलाहरु ठग्नेगरेका छन् । दाङमा सुरक्षित बैदेशिक रोजगारका लागि काम गर्दै आएको वैदेशिक रोजगारका लागि‘सुरक्षित आप्रवासन’ (सामी) परियोजना अन्तर्गत सञ्चालित सूचना परामर्श केन्द्रमा एक वर्षको अवधिमा एक सय ६ वटा बैदेशिक रोजगार सम्बनधी ठगीका उजुरी दर्ता भएका छन् ।

13682545_10206696759129471_1078606227_o
बैदेशिक रोजगारका लागि परामर्श लिदै महिला हरु

यसरी दर्ता हुनेमा सबैभन्दा वढी विदेश पठाइदिन्छु भनेर पाष्पोर्ट होल्ड गरेका उजरी छन् । पाष्पोर्ट होल्ड फिर्ता नगरेका ४३ वटा उजुरी दर्ता भएको परामर्श केन्द्रका सूनता तथा परामर्शदाता योगेन्द्र वस्नेतले जानकारी दिनुभयो । त्यस्तै काम र तलव फरक परेका १२, विदेशमा पुगेर अलपत्र परेका ८, विदेशमा मृत्यु भएका शव ल्याउनका लागि १४ र दुर्घटना सम्बन्धीस् एक उजरी दर्ता भएका छन् । यी दर्ता भएका उजुरीमध्ये अधिकांश दलाललाई कारवाही गर्नका लागि प्रमाण नपुगेका रहेका छन् । आर्थिक वर्ष २०७२/0७३ मा मुद्दा लड्का लागि प्रमाण पुगेका ४ वटा उजरीलाई न्यायका लागि बैदेशिक रोजगार विभागमा पयाएको सामी परियोजना दाङका संयोजक किरण पोख्रेलले बताउनुभयो । ‘आएको धेरै उजुरीको प्रमाण पुग्दैन’– उहाँले भन्नुभयो–‘तैपनि स्थानीय स्तरमा मिलाउने प्रयास गरेका छौं, कति मिलेका पनि छन् ।’

उहाँका अनुसार गएको आवमा दर्ता भएको एक सय ६ उजुरीमध्ये जिल्ला प्रहरी, जिल्ला प्रशासन, इलाका प्रशासनलगायतका निकायहरुबाट ६५ वटा उजुरीको समस्या समाधान भइसकेको छ । जसअनुसार विदेशमा ज्यान गुमाएका १४ जनाको शव केन्द्रको पहलमा उनीहरुका घरमा पु¥याउन सफल भएको संयोजक पोख्रेलले बताउनुभयो । २०७२ असारदेखि २०७३ को असारसम्ममा मलेसियाबाट ६, साउदीबाट ३, कतारबाट ३ र दुबैबाट २ वटा शव आएका छन् । त्यस्तै वैदेशिक रोजगारका लागि विभिन्न खाडि मुलुकमा गएर अलपत्रमा परेका आठ जनालाई उद्धार गरिएको परामर्श केन्द्रले जनाएको छ ।

अरुको वहकाउमा लागेर र विनासितैमा अरुको विश्वार गरेर ठगीमा परिन्छ कि भनेर ख्यालै नगरेर विदेश जान तम्सनेहरु दलालको फन्दामा पर्ने गरेको परियोजनाका संयोजक पोख्रेलले बताउनुभयो । ‘कति बैदेशिक रोजगार सम्बन्धी काम गर्ने एजेन्टबाट ठगिमा परेका छन्, भने अति आफन्तबाटै पनि ठगिएका छन्’–उहाँले भन्नुभयो–‘प्रमाण नै नराखेर आएका उजुरीमा हामीले पनि केही गर्ने अवस्था छैन ।’