काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भृकुटीमण्डप काठमाण्डौमा जारी छ । आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि शुरु हुने मतदान बेलुका ७ बजेसम्म चल्नेछ ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । पार्टी निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् । बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ ।
महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन् । दुबै पक्ष प्यानल बनाएर चुनावमा होमिएका छन् । नयाँ नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।











