काडमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने दुई रुपैयाँ बढेको छ । गएरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको निगमले जनाएको छ ।
डिजेल र मट्टितेल पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङका लागि १४१ रुपैयाँ र तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलका लागि १४२ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ तोकिएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाण्डौ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।










