काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका ओपनर ब्याटर एभेन्जर्सका ओपनर ब्याटर एडम रोसिङ्टनले शतक प्रहार गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको पोखराका ओपनर एडमले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। रोसिङटनको शतक प्रहारसँगै पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनायो । ओपनर रोसिङटनले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा अविजित १०८ रन बनाए । यस क्रममा उनले ११ चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै दिनेश खरेललाई ड्रप गरेपछि कप्तान कुशल भुर्तेल आफैं रोसिङटनसँग ओपनिङ गर्न आएका थिए । पहिलो विकेटका लागि रोसिङटन र भुर्तेलले ३४ रनको साझेदारी गरे । भुर्तेलले १७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए । त्यसपछि रोसिङटनले अर्का इंग्लिस ब्याटिङ ज्यासन रोएसँग शतकीय साझेदारी गरे ।