काठमाडौं । आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावमा भाग लिन १२० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि हिजो १४ गतेसम्मको अवधिमा दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि १२० वटा निवेदन प्राप्त भएको हो ।
आयोगले तोकेको कार्यतालिकाअनुसार दर्ता निवेदनहरूको आवश्यक जाँचबुझ, छानबिन र कानुनी योग्यता परीक्षण पूरा गरिने छ । योग्यता पुगेका राजनीतिक दललाई मंसिर २० गतेभित्र दर्ता स्वीकृति प्रदान गरिने आयोगले जनाएको छ ।











