काठमाडौँ । सरकार र नेकपा एमालेबिच द्विपक्षीय संवाद बिहीबार साँझ बालुवाटारमा भइरहेको छ।
संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए ।
नेकपा एमालेका पक्षबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी थिए । एमाले फागुन २१ मा चुनाव हुन नसक्ने भन्दै पुरानै प्रतिनिधिसभाको पुर्नस्थापना गर्नुपर्ने धारणा राख्दै आएको छ ।











