काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व सहज रूपमा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।
पोखरेलले सोमबार अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । सो क्रममा पोखरेलले लिखित रूपमा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।
पोखरेलले पार्टी पुनर्गठन र रुपान्तरणका लागि आफूले एमालेको नेतृत्व गर्ने घोषणा गरेको बताए। तर एमालेभित्रको एउटा ठूलो हिस्सा ओलीकै नेतृत्वमा पार्टी अघि बढाउने पक्षमा छ । अध्यक्ष ओलीले पनि अब पनि आफू नै अध्यक्ष हुने दावीसहितको अभिव्यक्ति दिदै आएका छन् । पाखरेल विद्या भण्डारी निकट नेता मानिन्छन् ।











