काठमाडौं। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा टस हारेर पहिलो ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ ।

सुदुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २८ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३९ रन बनाए।

त्यस्तै आरिफ शेखले २७ र रह्मित सिंहले १९ रन जोडे। बलिङमा कर्णालीका लागि कप्तान सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान १ विकेट लिएका थिए।