काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने लाग्दा सिंहदरबार प्रवेश नपाएपछि आफ्ना मागहरु सिंहदरबारको दक्षिण गेटमा टाँसेर फर्किएका छन् ।
मिराजको समूह सोमबार दिउँसो प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेको थियो । तर भेटनका लागि प्रधानमन्त्रीले समय नदिएको उनीहरूको गुनासो छ।

यस्तो छ मागहरु

१) हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर।

२) स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर।

३) विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर।

४_ जेनजी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर।

५) सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर।

६) २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर। २४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर।

७) जेनजी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गर र विधिको शासन कायम गर।

८।प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुर्‍याएको छ, त्यसैले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर।

९) यी कुरा संविधान पुनरवलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संविधान सुधार गरी मात्र अर्थपूर्ण चुनावतर्फ लाग।