पाँचथर । पाँचथरमा एक जनाले आफ्नै छोरालाई गोली हानेर हत्या गरेका छन् । मिक्लाजुङ ८ भदौरका ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक पड्काउँदा १७ वर्षीय छोरा सफल लिम्बूको घटनास्थलमै मृत्यु भएको हो।
मादक पदार्थ सेवन गरेका लिम्बूले आइतबार अपराह्न छोरालाई घर नजिकै बारीमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले बताए । बन्दुकको गोलीले १७ वर्षीय छोरा सफल सिंगकको छाती, कुम र कञ्चटसहित शरिरका विभिन्न भागमा गोली लागेको थियो ।
बखतसिंहलाई प्रहरीले पक्राउ गर्नुका साथै बन्दुक नियन्त्रणमा लिइएको छ । सफलको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।










