इन्द्रेणी संवाददता
दाङ, १८ साउन
दाङ जिल्लामा सञ्चालन भएको लागुऔषध दुव्यर्सनी न्यूनिकरण अभियान अन्तरगत मदनभण्डारी मेमोरियल विद्यालय गुलरियामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।surye

सामुदायीक प्रहरी सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई लागु औषध दुव्यर्सन न्युनिकरणकाबारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले लागु औषध भनेको के हो, दुव्यर्सनीका कारण, लक्षण, लागु औषध प्रयोगकर्ता र कारोबारीका लागी हुने कानुनी कारबाही लगायतका विषयमा जानकारी दिनुभएको थियो ।।