दाङ, १८ साउन
बर्षासंगै आएको पहिरो तथा खाल्डाखुल्डीले सडक जिर्ण भएपछि दाङ हेकुलीका बासिन्दाले आफै सडक मर्मत गर्न थालेका छन् । सडक जिर्ण बने पछि आवत जावतमा समस्या भएको भन्दै हेकुली १ बैबाङका स्थानीयहरुले आफ्नै सक्रियतामा सडक मर्मत गर्न लागेका हुन् । index

सडक मर्मत गर्न बैबाङका ४५ घरधुरीले २० हजार आर्थिक संकलन गरी २ दिनसम्म प्रत्येक घरपरीवारले आबश्यक जनश्रमदान गरी गाउको डेढ किलोमीटर सडक ग्राभेल एंब नाला निर्माण गरेको स्थानीयहरुले बताएका छन् ।

त्यस्तै गाउमा उपलब्ध सामाग्रीहरु पनि गाउँलेले सडक मर्मतमा लगाएका छन् । गाँउमा रहेका स्थानीय प्रशुराम चौधरी र मनीराम चौधरीले आफ्नो २ वटा टेक्टर निशुल्क रुपमा सडक ग्राभेलको लागी सहयोग गरेको स्थानीय राजु चौधरीले जनकारी दिनुभयो । सडक मर्मत नहुदा बिद्यार्थीहरुलाई बिद्यालय जाना पनि समस्या हुदै गएको छ ।।