दीपक शर्मा /  बर्दिया

बर्दिया जिल्ला पर्यटकको दृष्णिकोणले महत्वपुर्ण भएपनि यसको प्रचार प्रसारको कमिका कारण आझेलमा परेको महसुस गर्दै स्थानिय विकास अधिकारीको सयोजकत्वमा जिल्ला स्थीत १५ वटा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि सदस्य रहने गरी जिल्ला स्तरिय पर्यटन प्रवर्धन समिति गठन गरिएको छ । स्थानिय विकास अधिकारी एव जिल्ला स्तरिय पर्यटन प्रबर्धन समितिका सयोजक तेजराज शर्माले समितिमा पर्यटन क्षेत्र सग सम्वन्धित निकाय र वुद्धिजिविहरुलाइ पनि समेटेर अगाडि लैजाने बताउनु भएको छ ।

bardiya-districtसमितिले जिल्लाको पर्यटकिय गुरु योजना तयार गर्ने सम्वन्धमा थप स्रोत साधनको आवश्यक पर्ने देखिएकोले दात्रृ निकायको खोजी गर्ने र परामर्सदाता नियुक्त गर्ने सम्वन्धि प्रकृया अगाडि बढाइने बताइएको छ । बर्दियामा थुप्रै पर्यटकिय सम्भावना बोकेको भएपनि यसको सरक्षण र प्रचार प्रसार हुन नसकेका कारण सधै पछाडि पर्दै आइरहेको छ ।

बर्दिया जिल्लालाइ लाइ पर्यटन प्रबर्धनका लागी पटक पटक विभिन्न निकायबाट गुरु योजना बनायएता पनि त्यसको कार्यान्वयन नहुदा ति योजनाहरु अलपत्र परेको बताउदै पर्यटन पत्रकार मन्चका अध्यक्ष दिपक शर्माले अव कुरा भन्दा पनि काम हुनु पर्ने आवश्यकता भएको बताउनु भयो ।