दाङ । थारू कल्याणकारिणी सभा दाङले थारू समुदायको अट्वारी पर्वमा प्रदेश र स्थानीय सरकारसँग दुई दिनको सार्वजनिक बिदा माग गरेको छ ।

सोमबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै सभाका अध्यक्ष अशोक कुमार चौधरीले अट्वारी पर्व थारू समुदायको महान पर्व भएकाले यसमा दुई दिन सार्वजनिक बिदा दिनुपर्ने बताए ।

अट्वारीको पहिलो दिन दिभरी ब्रत बसेर पूजापाठ गरिन्छ भने दोस्रो दिन पनि पूजापाठ गरेर आफ्ना दिदीबहिनीहरुलाई अग्रासन दिन जानुपर्ने भएकाले दुई दिन बिदा दिइनुपर्ने विज्ञप्तिमा उल्लेख छ । सभाले यस वर्षको अट्वारी भदौ ८ गते परेकाले सम्पूर्ण थारु समुदायलाई सोही दिन अट्वारी मनाउन अनुरोध गरेको छ ।