दाङ । दाङ जिल्ला अदालतले १४ वर्षीया बालिका बलत्कार कसुरमा एक युवकलाई १२ वर्ष कैद फैसला सुनाएको छ । दंगीशरण गाउँपालिका वडा नं. २ का २१ वर्षका डिल्ली भनिने दिलीप बिकलाई अदालतले १२ वर्ष कैद फैसला सुनाएको हो ।
जिल्ला न्यायधीश लालसिंह थापाको इजलासले बिकलाई १२ वर्ष कैद सजायसँगै ५ लाख जरिवाना, ३० हजार क्षतिपूर्ति र २० हजार राहत कोषमा जम्मा गर्ने फैसला गरेको छ।
श्रेष्तेदार दामोदर घिमिरेका अनुसार बिकले २०८१ साल बैशाख ६ गते बालिकालाई बलत्कार गरेको उजुरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा परेको थियो । त्यसपछि प्रहरीले बिकलाई जेठ ५ गते पक्राउ गरी जेठ २९ गते जबरजस्ती करणी सम्बन्धी मुद्धा चलाएको थियो ।










