काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।
मधेस, बागमती, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।
पछिल्लो एक घन्टामा दार्चुलाको गोकुलेश्वरमा २३.४ मिलिमिटर वर्षा भएको छ। बाजुराको ओलेनामा १९.८ मिलिमिटर, नुवाकोटको त्रिशूलीमा १८.४ मिलिमिटर, नवलपरासीको बर्दघाटमा ११ मिलिमिटर वर्षा भएको छ।
बुधबार देशभर पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ छ।











