दाङ र १८ साउन ।  दाङका बिद्यालयहरुमा गठन भएको जुनियर रेडक्रस सर्कल प्रभाबकारी बन्दै गएको बताईएको छ । सर्कल गठनपछि सामाजिक सेवा र अतिरिक्त क्रियाकलापमा परिबर्तन आएको शिक्षकहरुले बताएका छन् । सर्कल गठन संगै बिद्यार्थीहरुमा बिद्यालयको सरसफाई गर्नुपर्छ ,अतिरिक्त क्रियाकलाप संचालन , अनुसासन ,सामाजिक सेवा गर्नु पर्छ भन्ने भाबना पलाएको भानु माबि प्रसडुवाका शिक्षक कैलास अधिकारीले बताउनुभयो ।

Redcrossसर्कल गठन संगै बिद्यार्थीहरुमा मानबिय सेवाको गर्न भाबना बढेको शिक्षकहरुको भनाई छ । मानविय सेवा प्रति बिधार्थीहरु चासो देखाउने गरेको र उनीहरुले बिधालय हातामा मात्रै नभई गाउघर समेत सरसफाई गर्नुपर्छ भन्ने भाबना बढेको उच्च माध्यामिक बिद्यालय श्रीगाँउका शिक्षक गोमा बुढाथोकीले बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले संचालन गरेको कार्यक्रम आज श्रिगाँउ गाबिसको उच्च माबि र भानु माबि प्रसडुवामा रेडक्रस जुनीयर सर्कल समेत गठन गरीयको छ ।