काठमाण्डौ, १८ साउन
कम्युनिष्ट न्यूक्लियस पार्टी नेपालका अध्यक्ष हेमन्तप्रकाश ओली सुदर्शनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको इसारामा प्रधानमन्त्री बन्न लागेको वताउनुभएको छ । ओलीले दाङमा पत्रकार सम्मेलनको आयोजना गरी प्रचण्डभित्र भारतपरस्त नीति हावी हुँदै गएका कारण अहिले प्रधानमन्त्री वन्न लागेको वताउनुभएको हो । 1

केपी ओलीको सरकारले चिनको सहयोगमा केही नयाँ र आश लाग्दा कामहरुको सुरुवात गरेको भन्दै कम्यूनिष्ट न्यूक्लियसका संयोजक ओलीले चिनसँग नेपालको सहकार्य तोड्नका लागि भारतले ओलीको सरकार ढाल्न प्रचण्डलाई प्रयोग गरेको बताउनुभयो ।

सत्ताका लागि प्रचण्डले जनयुद्धका १७ हजार सहिद र १० औं हजार घाइतेहरुको सपनामाथि घात गरेको भन्दै उहाँले अबको माओवादी आन्दोलन प्रचण्ड बाबुरामको प्रवृत्तीको बिरुद्धमा हुने बताउनुभयो ।aaaaaaa

साथै अर्को प्रसंगमा क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुको बिकल्प नरहेको समेत उल्लेख गर्नुभयो ।।