जनक नेपाली
दाङ, १८ साउन
सरकारले बादी समुदायको उत्थानका लागि गठन गरेको बादीबर्ग उत्थान विकास समितिमा ९ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुर्खेतका रामबहादुर बादी, कार्यकारी निर्देशकमा बाकेका महेश बादीलाई सरकारले नियुक्त  गरेको हो ।
feature यस्तै समितिको सदस्यहरुमा दाङ बाट मिना बादी,राजकुमार वादी बाकेका मञ्जु बादी, दैलेखका हिक्मत बादी बर्दियाका धनप्रसाद वादी,  र कैलालीका लालबहादुर वादीलाई विकास समितिमा पठाएको हो ।

२०६४ बादी समुदायको आन्दोलन पछि सरकारले तत्काल बादी समुदाय उत्थान विकास समिति गठन गरेको उपाध्यक्ष रामबहादुरले वताउँनुभयो ।

एक सदस्य नियुिक्त गर्न बाकी रहेको समेत उल्लेख उपाध्यक्ष रामबहादुरले बताउँनुभयो । समितिको अध्यक्ष स्थानिय विकास मन्त्री नै हुने व्यवस्था रहेको छ  । नवयुक्त उपाध्यक्ष रामबहादुर ले बादी समुदायको उत्थानका लागि तत्कालन काम थाल्ने वताउँनुभयो । समाजमा अहिले पनि बादी समुदायलाई हेर्ने दृष्टीकोण परम्परागत रहेको उल्लेख गर्दे त्यसलाई चिर्न आफुले नयाँ काम थाल्ने उल्लेख गर्नुभयो ।।