काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नयाँ अध्क्षमा लालवीर चौधरी चयन भएका छन् ।

बानेश्वरमा बिहीबार बसेको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्षमा चयन गरेको हो । प्रतिनिधि सभा सदस्यसमेत रहेका लालवीर रेशम चौधरीका बाबु हुन् ।

पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी नाउपाले बुधवार मात्रै अध्यक्षबाट रञ्जिता श्रेष्ठ चौधरीलाई बर्खास्त गरेको थियो । रञ्जिताले भने आफूलाई अवैध राष्ट्रिय भेलाले अध्यक्षबाट हटाउन नसक्ने दाबी गर्दै आएकी छन्।

रञ्जिताले सोधिन् संसदीय दल नेतालाई स्पष्टीकरण
नागरिक उन्मुक्ति पार्टीमा अन्तरकलह पुनः चुलिएको छ। पार्टीको बुधबार सम्पन्न भेलाले अध्यक्षबाट रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएको थियो । त्यसपछि उत्पन्न परिस्थितिबाट आज रञ्जिताले पार्टी संसदीय दलका नेता गंगा चौधरीलाई स्पष्टीकरण सोधेकी छिन्।

उनले अस्वस्थताको कारणले काबु बाहिरको परिस्थिति परी पार्टीको गतिविधिहरूमा पूर्ण रुपमा सक्रिय हुन नसकेको अवस्थामा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै दलका नेतालाई स्पष्टीकरण सोधेको बताएकी छिन्।