इन्द्रेणी संवाददाता
दाङ । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान भएको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुुर उपमहानगरपालिका-७ मोतिपुरमा रा १ त ३४७८ नम्बरको ट्यक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार मृत्यु हुनेमा तुलसीपुर-१७ का अन्दाजी १५ वर्षका सविन भण्डारी र सोही ठाउँका अन्दाजी १७ वर्षका मनोज रोका मगर रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनालाई राप्ती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको थियो ।
तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको ट्याक्टर विहीबार बिहान ११ बजेतिर मोतिपुर ओरालोमा आफै अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टरमा सवार १५ वर्षका धनबाहदुर चौधरी र तुलसीुपर १८ बजौरीका २६ वर्षका प्रकाश चौधरी पनि घाइते छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीको बाँया हातमा चोट छ। घटनाको प्रारम्भिक अनुसन्धानबाट चालकले मापसे गरेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











