पोखरा । बागमती प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण स्थगित भएको छ। शपथ आज दिउँसो १ बजे हुने तय थियो। तर प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा उपचारका लागि काठमाडौं हिडेपछि शपथ ग्रहण कार्यक्रम स्थगित भएको हो।

पाँच मन्त्रीले राजीनामा दिएपछि बुधबार मात्रै मुख्यमन्त्री बहादुर सिं लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रेष्ठ र गुरूङको भने जिम्मेवारी तोकिन बाँकी छ।