घोराही १७, साउन ।
नयाँ शक्ति पार्टी, नेपालमा सुकुम्बासी बस्ती प्रवेश गरेको छ । खोली गाउँ सुकुम्बासी बस्ती, पुल्चोक बस्ती र जिल्ला जनस्वास्य डाँडाँको बस्तीका २५० घरधुरीलाई नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सामूहिक रुपमा प्रवेश गराउनु भएको हो । यी तिनवटै बस्तीको सामूहिक आयोजनामा भएको उक्त कार्यक्रममा रचना कुमालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने ट्राफिक रोड टोल विकास पुल्चोकका अध्यक्ष खिम बहादुर पुनले आफ्ना समस्या सहितको मन्तव्य व्यक्त गर्नुृ भएको थियो ।images

त्यसैगरी जिल्ला भूमि अधिकार मञ्चकी अध्यक्ष निर्मला बि.क.ले सुकुम्बासीका मागपत्र प्रस्तुत गर्दै संयोजक भट्टराईलाई बुझाउनु भएको थियो । सुकुम्बासीहरुलाई आश्वस्त पार्दै डा. बाबुराम भट्टराईले आफू पनि घर नभएको सुकुम्बासी हुँ भन्दै अन्य सुकुम्बासीहरुको घर बनाएर मात्र आफूले घर बनाउने विचार व्यक्त गर्नु भएको थियो ।

उपस्थित सम्पूर्ण सुकुम्बासीहरुले देशको प्रधामन्त्री भइसकेको सर्वोच्च व्यक्ति आफ्नो बस्तीमा आएको प्रति खुसी व्यक्त गर्दै आफूहरुको साथ बाबुरामलाई सदा–सदा रहने सामूहिक प्रतिबद्धता जनाएका थिए ।।