दाङ । प्रहरीले किसानसँग राँगा-भैँसी खरिद गर्दै पैसा नदिएर ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका ४ पर्सा गाउँका ४४ वर्षीय मोहम्मदजमिल मुलसमान छन् । उनले विभिन्न ठाउँबाट राँगा-भैँसी खरिद गरेर पैसा नदिएको उजुरी परेको छ ।
उजुरीमा मुसलमानले झन्डै पौने ३ लाख ठगी गरेको आरोप छ । उनले दंगीशरण गाउँपालिका ४ सुकदेवा गाउँका किसान तेजमान चौधरी लगायत तीन किसानबाट तीन जोडी राँगा-भैँसी उधारोमा खरिद गरेका थिए। मुसलमानले किसानहरुलाई फकाइ फुल्याइ र विभिन्न प्रलोभन देखाएर पर्ने भन्दा कम मूल्य २ लाख ८० हजारमा राँगा किनेका थिए। उजुरी परेपछि उनलाई पटक पटक सम्पर्कमा आउन आग्रह गरेपछि उनी नआएपछि अन्तमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।










