काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमिकको मासिक न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ तोकेको छ ।

समितिको बिहीबार साँझ बसेको बैठकले १ साउनदेखि लागू हुने गरी उक्त पारिश्रमिक फारिस गरेको हो । समितिको निर्णयलाई श्रममन्त्री शरत्सिंह भण्डारीले पनि स्वीकृत गरिसकेका छन् । चियाबगानमा काम गर्ने कर्मचारीको हकमा थप छलपल गरेर निर्णय गरिने मन्त्रालयले जनाएको छ ।

यसअघि श्रमिकको न्यूनतम तलब आधारभूत १० हजार ८२० रुपैयाँ र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ गरेर मासिक १७ हजार ३०० रुपैयाँ थियो । अब आधारभूत १२ हजार १७० र महँगी भत्ता सात हजार ३८० गरेर मासिक १९ हजार ५५० रुपैयाँ तलब तोकिएको हो ।