इन्द्रेणी संवाददाता
दाङ । दाङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा आजदेखि शिवपुराण तथा श्रृङ्गारिक महाआरती शुरु भएको छ । शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको उद्घाटन दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले गरेका छन् ।

साउन ३१ गतेसम्म चल्ने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको मुख्य कथा वाचकको रूपमा भाष्कराचार्य पदक बिभूषित पण्डित विष्णु बल्लभाचार्य र उपबाचकमा पाण्डव ब्रहाचारी रहेका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लम्सालले पछिल्लो समयमा दाङमा धार्मिक जागरण निकै बढेको भन्दै यो महाआरतीले पनि धार्मिक विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।