काठमाडौँ । हाल कोशी, मधेश, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भू–भागको केही स्थानहरुमा तथा बाँकी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । कोशी र मधेश प्रदेशका तराईका भू–भागहरुका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

पश्चिमका केही ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङ लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।