नेपाली कांग्रेस सैघा ईकाई समितिले सैघा ४ चरिवाङमा ईकाई कमिटि गठन गरको छ । कांग्रेस सैघा ईकाइ सभापति ज्ञानबहादुर रायमाझीको अध्यक्षता तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य पूर्णबहादुर मल्लको प्रमुख आतिथ्यमा भएको भेलाले लिलाधर विष्टको संयोजकत्वमा ११ सदस्यीय ईकाई कमिटि गठन गरेको हो ।

Nepali-congressत्यस अवसरमा बोल्ने वक्ताहरुले पार्टि बलियो बनाउनकालागी गाँउ स्तरका कार्यकर्ताहरु क्रियाशील भएर लाग्नुपर्ने बताएका थिए । त्यस अवसरमा एमाले र माओवादी केन्द्रबाट विभिन्न व्यक्तीहरु कांग्रसमा प्रवेश गरेका थिए । जसमा छविलाल पुन, दिल बहादुर थापा क्षेत्री, थमबहादुर थापा, विरबहादुर पुरी, शिवराज थापा, रिमा कुमारी पुरी, जनकलाल पुरी, गोविन्द कवर र शसिराम वि.क रहनुभएको छ ।