इन्द्रेणी संवाददाता 

रक्त क्यान्सरका कारण निधन भएका पत्रकार अर्जुन महराको काठमाडौ मै अन्त्यष्टि गरिएको छ । उपचारका क्रममा नेपाल क्यान्सर हस्पिटल हरिशिद्धीमा हिजो निधन भएका पत्रकार महराको पशुपति आर्यघाटमा आज बिहान ४ बजे अन्त्यष्टि गरिएको हो ।

arjunकरिब डेढ महिना देखी उपचारमा रहेका महराको अबस्था जटिल बन्दै गएपछि परिवार र आफन्तहरु काठमाडौमै पुगेकाले पशुपति आर्यघाट मै अन्त्यष्टि गरिएको परिवारले जनाएको छ । २२ बर्षीय महरामा रक्त क्यान्सर, बोनम्यारो र मुटुमा समस्या देखिएको थियो ।।