11952766_812585745529347_4378290522516755256_o
जनक नेपाली

सरकार परिर्वतनको हल्ला यति बेला बालुवाटार देखि पेरिसडाडा, बल्खु,सानेपामा सम्म उस्तै चर्चा छ । त्यतिमात्र हैन त्यो खबर प्रत्येक नेपालीका बस्ति बस्तिमा पुगी सक्यो । प्रचण्ड प्रधानमन्त्री हुने कुरा सुनेका गाउँलेहरुमा यतिबेला नयाँ उत्साह थपिएको छ । जनयुद्धको आधारक्षेत्र मानिने दाङका पहाडी बेल्टमा यति बेला प्रचण्डको ठुलै चर्चा हुने गरेको छ । जनयुद्धको आधार क्षेत्र दाङको हापुरमा २०५५ मा बिजौरीका माधव घिमिरे सहित रुद्र न्यौपाने, शिब श्रेष्ठ, स्थानि चौधरीको प्रहरीले हत्या गरेको थियो । यस्तै २०५८ मा नारायणपुरका प्रदीप शर्मा सहित चार जनाको प्रहरीले सामुहिक हत्या ग¥यो यि सबै हत्याहरु बर्गीय आन्दोलनका लागि थिए भन्ने कुरामा दुईमत छैन ।

अहिले पनि दाङ सहित देशभरकाबाट हत्या भएका शहीद परिवारका सदस्यहरुले आफ्ना सन्तानको हत्या गरिनुका कारण खोजि रहेका छन् । तत्कालीन नेकपा माओवादी र सरकार विच २०६३ मंसिर ५ गते भएको बृहत शान्ति सम्झैता संगै एक खालको उर्जा सबै नेपाली जनतामा आएको थियो । विस्तृत शान्ति सम्झौता संगै २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्रबाट जितेका प्रचण्ड २०६५ भदौमा नेपालको ३३ औ प्रधानमन्त्री बनेका थिए । प्रचण्ड प्रधानमन्त्री बने संगै जनताका अधिकासं जनजीवीका मुद्धाहरु पूरा हुन्छन् भन्ने चाहाना धेरैमा थियो । तर सबै कुरा प्रचण्ड प्रधानमन्त्री भएको दुई सय ८० दिनमा पुराहुने सम्भाबना थिएन । त्यसले तलका केही जनतामा प्रचण्ड प्रतिको विश्वासमा केही कमी भने पक्कै ल्याएकै हो ।

शान्ति सम्झौता देखी अहिले सम्म नेताहरु जनता सम्म नआउदा जनतामा केही निरासा देखिएको छ ।राजनितिमा कुटिल व्यक्तित्वमा रुपमा आफुलाई उभ्याउन सफल प्रचण्ड अब जनतामा आउनका लागि आधारक्षेत्रका जनताहरुको प्रण्चण्डको विचार जनयुद्धकालीन समयमा जुन ढङ्गबाट आयको थियो उस्तै गरी तलसम्म आउनका लागि आग्रह गर्ददै आएका छन् । माओवादी भित्र कायर्कता परिचालनमा ठुलै समस्या देखा परेको छ । अब दश हजार शहीद र हजारौ बेपत्ताहरुको सपना साकार पर्नका लागि फेरी एक पटक अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको दोश्रो प्रधानमन्त्री बन्ने तरखरमा छन् ।

अब सरकार निर्माण सगै वलुवाटार , पेरिसडाँडाँ मात्र सिमित नभएर कार्यकता जनताका घर घरमा पुग्न अनिवार्य बनेको छ । नेपाली काग्रेस र माओबादी बिच चैत सम्म स्थानिय निर्वाचन गर्न सहमत भएको अबस्थामा पार्टीले मुख्य बिषय भनेकै कार्यकता परिचानमा ध्यान दिन जरुरी छ । चियागफमा समेत आफै पाटीका नेता कार्यकर्ता विरुद्ध खनिने काम यतिबेला कार्यकर्तामा देखिन्छ । त्यसले के देखाउँछ भने पाटीको प्रतिको नैतिकता ईमान्दारीमा भन्दा पर हटेको कुरा प्रष्ट हुन्छ । राजनितीका वा अन्य कुनै पेसा व्यावसाय गर्दा सबैभन्दा पहिले ईमान्दारीता र धैर्यता आबश्यकता पर्दछ अहिले यी दुबै पार्टी कार्यकर्तामा हराउदा समस्या छ ।
अबस्था यस्तै रहदै गयो भने स्थानिय निर्वाचनमा माओवादीको अबस्था के हुने ? भन्ने चिन्ता स्थानिय जनतामा छ त्यसैले गाउँ गाउँम भएको क्रान्तिकारी स्प्रीट जोगाउन कार्यकता खट्न जरुरी देखिन्छ । हैनभने माओबादी आन्दोलन तुहाउन खोज्नेहरु सल्वाउनेहरुका लागि ओखतीनै सावित हुने देखिन्छ ।

केन्द्र देखि जिल्ला स्तर सम्म आईपुग्दा कतिपय नेताहरुमा पदकै लागि हानथाप देखिएकाले परिदृश्य यताकता पाईन्छ त्यसैले जनयुद्धकाली समय जस्तै नेपाली जनता संग माओवादी र जनताको सामीप्य गास्न जरुरी छ । हिजो टुटेका मनहरु फेरी जोड्नु छ हिजो विझेका काडाहरु फाल्नुछ त्यसका लागि अब सबै प्रचण्डका कार्यकता एक पटक फेरी गाउँ गाउँ बस्ति बस्ति र्छिन देखिन्छ । यती काम पुरा गरेका मात्र प्रचण्डले भने जस्तै अबको दशबर्षमा माओबादीले यो देशको सर्वहारा बर्गको पहिलो पार्टीका रुपमा स्थापित हुने छ । नेपाली जनता र प्रचण्डले देखेका सबै सपनाहरु साकार हुने छन