दाङ। बेलझुण्डीको रंगशालामा शनिवार सम्पन्न दाङ जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरपालिकाले हात पारेको छ । उपमहानगरपालिकाले ३२ स्वर्ण, २२ रजत र २२ काँस्य पदक गरी कूल ७६ पदकसहित प्रथम भएको हो ।
त्यस्तै २० स्वर्ण, १६ रजत र १६ काँस्य पदकसहित घोराही उपमहानगरपालिकाले प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको छ । पाँच स्वर्ण, छ रजत र १४ काँस्य पदकसहित शान्तिनगर तेस्रो र तीन स्वर्ण, १० रजत र आठ काँस्य पदकसहित राप्ती गाउँपालिका प्रतियोगिताको चौथो स्थानमा हासिल गर्न सफल भएका छन् ।
त्यस्तै दुई स्वर्ण, चार रजत र १० काँस्य गरी १६ पदक प्राप्त गरेको गढवा पाँचौं स्थानमा आएको छभने बंगलाचुलीले दुई स्वर्ण, तीन रजत पदक जित्यो ।
यस्तै बबईले एक स्वर्ण र तीन काँस्य गरी चार पदक, राजपुरले एक स्वर्ण र एक रजतसहित दुई पदक, लमहीले तीन रजत र १२ काँस्य गरी १५ पदक प्राप्त गरेको छ भने दंगीशरणले तीन काँस्य पदक प्राप्त गेको छ ।











