काठमाडौं । सरकारले सिक्टा सिंचाइ र वृहत् दाङ सिंचाइ परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै सिक्टा र वृहत् दाङ सिंचाइ परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट विनियोजना गरेको बताएका छन् ।
त्यस्तै भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावर हाउस निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिनेछ । यसका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ ।











