काठमाडौं । आज काठमाडौंमा राजावादीहरुले प्रदर्शन गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आह्वानमा बिहीबारदेखि काठमाडौंमा प्रदर्शन गरेको हो ।

संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत प्रदर्शनमा पुगेका छन्। उनीहरुले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायतमा नारावाजी गरेका छन् ।