काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष ०८२/८३ का लागि बजेट ल्याउदैछ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै छन् । उनले झण्डै २० खर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दैछन् ।
आज दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई लयमा फर्काउने योजनासहितको बजेट पेश गर्ने तयारी छ। आगामी बजेटका लागि योजना आयोगले १९ खर्बको सिलिङ दिएको थियो। तर मध्यकालीन खर्च संरचना र स्रोत समितिले भने २० खर्ब ८८ अर्ब रुपैयाँ प्रक्षेपण गरेको छ। ।
अर्थ मन्त्रालयले आयोगको सिलिङ र स्रोत समितिको प्रक्षेपणको बीचमा रहने गरि २० खर्बको हाराहारीको बजेट ल्याउने बुझिएको छ। गृहमन्त्रीको राजीनामा माग गर्दै भइरहेको संसद अवरोध भने बजेट ल्याउदा अवरोध नगर्ने प्रतिपक्ष दलहरुले जनाएका छन् ।











