इन्द्रेणी संवाददाता
रुकुम १७ साउन  । गएको आर्थिक बर्षमा रुकुममा साढे ८ करोड बढि राजस्व संकलन भएको कोष तथा लेखा नियणत्रण कार्यालय रुकुमले जानकारी दिएको छ । यो रकम हाल सम्मकै सबै भन्दा बढि भएको कोष तथा लेखा नियणत्रक कर्ण बहादुर बोहराले जानकारी दिनुभयो ।

nepali-rupees-290x192आर्थिक बर्ष २०७२/७३ मा सम्पुर्ण राजश्व गरी जिल्लामा ८ करोड ५३ लाख ४८ हजार २ सय ३१ रुपैयाँ संकलन भएको हो । यो रकम आर्थिक बर्ष २०७१/०७२ भन्दा करिब दुई करोड बढी राजश्व संकलन भएको लेखा नियणत्रक बोहराले जानकारी दिनुभयो ।

जसमा पारिश्रमिक देखि घरजग्गा रजिष्ट्रेशन, ट्राफिक, कृषि उत्पादन, हुलाक सेवा, राहदानी र अन्य प्रशासनिक सेवा दस्तुर पनि रहेका छन । राजश्व दर सगै अन्य बिभिन्न उत्पादन पनि जिल्लामा बढीरहेका कारण राजश्व पनि बर्षेनी बढदै गएको हो ।

रुकुममा यस बर्ष सवारीसाधान नियमबिपरित चलाउनेबाट संकलित गरेको ट्राफिक दस्तुर हालसम्मकै बढी हो । कार्यालय अनुसार जिल्ला ट्राफिक कार्यालयले २० लाख बढी राजश्व यसैबाट संकलन गरेको छ । कुल ८ करोड राजश्वमा २ करोड बढी रकम असार महिनामा मात्र संकलन भएको थियो ।।