रुकुम । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं. १० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दाङबाट कुलपूजा गर्न रुकुमपश्चिम आएर फर्कने क्रममा लुप्र ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।
दुर्घटनामा परेर सानीभेरी गाउँपालिका वडा नं. १० घर भई हाल दाङको तुल्सीपुरमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओली र उनकी श्रीमती ४४ वर्षीया लिला ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।
नरबहादुरको घटनास्थलमै मृत्यु भएको हो भने श्रीमती लिलाको उपचारको लागि चौरजहारी अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक ओलीको माइती आमा ६० वर्षीया रुद्री ओली र चालक दाङको तुलसीपर उपमहानगरपालिका ७ बस्ने ४४ वर्षिय लिलामणी भण्डारी घाइते छन् ।
उनीहरुलाई उपचारको लागि अहिले चौरजहारी अस्पतालमा लगिएको छ । स्कार्पियो करिव ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।










