इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही १४ मिलनचोकका २३ वर्षका विशाल बुढा मगर र घोराही १३ आनन्दनगर टोलका ५७ वर्षका नितु आचार्य रहेका छन् । बुढालाई ६७० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेका हो भने आचार्यलाई लागुऔषध ट्रामाडोलसहित पक्राउ परेका हुन् ।

बुढालाई आइतवार साढे ५ बजेतिर मिलनचोक नजिकै हिडिरहेको वेला पक्राउ गरिएको र आचायले लागुऔषधको कारोवार गरेको सूचना पाएको प्रहरीले उनको कोठामा खानतलासी लिदा २० वटा ट्रामाडोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।