दाङ । जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट राजीनामा दिएकी छिन् ।

पदमा बसेर जनताका लागि केही गर्न नसकिएको भन्दै गुरुङले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले आफूले सांसद पदबाट राजीनामा दिएको बताएकी छन् ।

प्रदेश सभाका सभामुखसमक्ष दिएको राजीनामा पत्रमा भनेकी छिन्, “देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ ।”