दाङ, १७ साउन
नौ बर्ष सम्म अधिवेशन हुन नसकेको कांग्रेस निकट नेपाल विद्यार्थीसंघमा अहिले चुनावी रौनक बढेको छ । पटक पटक महाधिवेशन मिती घोषणा गरेर अन्त्यमा स्थागीत गर्दै आएको कांग्रेसले पछिल्लो पटक आगामी २३–२५ मा नेविसंघको ११ औँ महाधिवेशन मिती  घोषणा गरेको छ । यसपटकको घोषणा मितीमा अधिवेशन हुने विश्वासका साथ नेतृत्वका आकांक्षी विद्यार्थीसंघका नेताहरु अहिले जिल्ला दौडाहमा सकृय बनेका छन् । यसैक्रममा नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्य नेतृत्वको समुहले दाङमा नेविसंघका नेताहरुसंग छलफल गरेको छ । आचार्य नेविसंघको भावी अध्यक्षको आकांक्षी हुनुहुन्छ ।nebisangh photo

माओवादी द्धन्दकालमा माओवादी उद्गमथलो रोल्पा नेविसंघको जिल्ला अध्यक्ष रहेका आचार्यले आँफू नेविसंघको ऐजेण्डा बोकेर संगठनलाई अगाडी बढाउन सक्षम रहेको वताए । ‘नेविसंघ ऐजेण्डा विहिन हुँदै नेतामुखी बनेको छ,’उनले भने ‘अबको मुल ऐजेण्डा भनेको शिक्षा बनाईनु पर्छ र सो ऐजेण्डालाई बोकेर संगठन हाँक्ने क्षमता म राख्छु ।’ आचार्य अहिलेको नेतृत्व आफ्नो पोल्टामा पार्न मेचि महाकाली यात्रामा छन् । २०५७ मा केन्द्रीय सदस्य,०६१ मा उपाध्यक्ष,०६४ मा महामन्त्री हुँदै उनि अहिले अध्यक्षको दावीमा पुगेका हुन् ।

उनले अध्यक्ष पदको दाबेदारका रुपमा आँफुलाई प्रस्तुत गर्दै जिल्लाका महाधिवेशन प्रतिनीधिहरुसंग सहयोगका लागि अनुरोध गरेका छन् । ‘यसपटकको मिती फेल हुँदैन, आचार्यले नागरिकसंग ‘पार्टीले पनि अधिवेशनका लागि भनेर पुरापुर तयारी गरिरहेको छ ।’ तदर्थ समितिको भरमा चलेको नेविसंघको आसन्न महाधिवेशनबाट १ सय ६१ सदस्यीय समिति चयन हुने छ । यस्तै सात प्रदेशबाट एक÷एकजना उपाध्यक्ष चयन हुनेछन् । यसैगरि प्रदेशबाटै समावेशी कोटाबाट केन्द्रीय समितिमा पदाधिकारीको प्रतिनीधित्व हुने व्यवस्था गरिएको छ ।