चेतन रेग्मी/तुल्सीपुर 
राप्ती बबई बहुमुखी क्याम्पस तुल्सीपुरले आज एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा अध्यनरत बिध्यार्थीहरुलाई स्वागत गरेको छ । क्याम्पस संचालक समितीका अध्यक्ष गोपीनाथ योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मण रेग्मीले टिका तथा अबीर लगाएर बिध्यार्थीहरुलाइ स्वागत गर्दै बिषय छनोटगर्ने तरीका , शैक्षीक क्यालेण्डर र छात्रबृद्धी समन्धी जानकारी दीनुभएको थीयो भने सहायक क्याम्पस प्रमुख जिबराज शर्माले शैक्षीक गुणस्तर तथा अनुसासन समन्धी बिषयमा बिध्यार्थीहरुलाइ जानकारी दिनुभएको थीयो ।

rapti-babai

त्यसैगरी ब्यबस्थापन संकायको बारेमा संकाय प्रमुख सदन गिरी,शिक्षा संकायको बारेमा यमनाथ उपाध्याय र मानविकी संकायको बारेमा संकाय प्रमुख जीवन शर्माले प्रष्ट पार्नुभयो । सो अबसरमा बिभीन्न शुल्क,भौतीक सुविधा,परीक्षा फम, पुस्तकालय लगाएतका बिषयमा भीर्माजुन रेग्मी र नारायण देबकोटाले बिध्यार्थीहरुलाइ जानकारी गराउनु भएको बिध्यार्थी अमृतकाजी शर्माले जानकारी दीनुभएको छ ।