काठमाडौं । कश्मिरमा पाकिस्तानी सेनाको आक्रमणबाट तीन जना भारतीयको मृत्यु भएको छ। बुधबार बिहान भारतले पाकिस्तानमा मिसाइल हमला गरेपछि कश्मिरस्थित भारत पाकिस्तान सीमामा पाकिस्तानी सेनाको आक्रमणबाट तीन जना भारतीय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रोयटर्सका अनुसार मारिने तीन जनाबारे थप विवरण खुलेको छैन। भारतले आकाशबाट आक्रमण गरेपछि सीमामा रहेका पाकिस्तानी सेनाको गोलीबारीबाट तीन भारतीयको मृत्यु भएको हो।
बुधबार विहान भारतले पाकिस्तानमा मिसाइल हमला गरेको थियो । हमलामा परी दुई बालबालिकासहित ९ जना मारिएको बताइएको छ ।
