बर्दिया। कांग्रेस र एमालेसँग लागेर केही मैलो भएको बताउदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएको बताएका छन् । त्यही विग्रिएको पार्टीलाई अहिले सच्याउन आफू दिनरात खटिरहेको बताए ।
बर्दियाको राजापुरमा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “पार्टी बिग्रियो । नेताहरू बिग्रिए । हामीले आधारभूत वर्गलाई भुल्यौं । मैले आफूले पनि गल्ती गरें भन्ने महसुस भएपछि म अहिले दिनरात खटिएको छु ।”
केही गल्ती गरें भन्ने लागेपछि आफूलाई सच्याउँदै बदल्ने संकल्प गर्दै पछिल्लोपटक सरकार चलाउँदा सुशासनको पक्षमा अभियान पनि छेडे उनले दावी गरे ।
