काठमाडौँ । सरकार परिवर्तनको हल्ला चलिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन्।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ओलीले भने ‘अब १४ महनिापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ।’

केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवाले थाइल्याण्ड जानुभन्दा पहिले आफूसँग कुराकानी गरेको ब्रिफिङ गरेका थिए।

प्रचण्डले देउवा थाइल्याण्डबाट आएपछि छलफल समेत हुने दावी गरेका थिए । तर देउवाले भने थाइल्याण्ड भ्रमणबाट शुक्रवार फर्कीएका छन् । सो क्रमममा देउवाले गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिएका छन्।