
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए ।
तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए । नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मन्त्री गुरुङले मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए ।
मेटाबाट फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम चलिरहेका छन् । नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएका छन् ।
