काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बस्दैछ । कक्षा १२ को परीक्षबारे छलफल गर्न मंगलबार बोर्ड बैठक बस्न लागेको हो ।
शिक्षक आन्दोलनका कारण ११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा अन्योलमा छ । झन शिक्षामन्त्रीको राजीनामापछि पेचिलो बनेको शिक्षक आन्दोलनबिच परीक्षा हुन्छ कि हुँदैन निश्चित छैन ।
बैठकले तोकिएको मितिमा परीक्षा गर्न सक्ने वा नसक्नेबारे निर्णय लिने बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए । बोर्डले एक्लै परीक्षा सञ्चालन गर्न सक्दैन, यसबारे छलफलका लागि बोर्ड बैठक राखिएको छ उनले भने ।
