इन्द्रेणी संवाददाता
दाङ । दाङको घोराही उपमहानगरपालिका अन्तर्गतको शिक्षा महाशाखाले भोलि बैशाख ८ गते देखि उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई नियमित रुपमा सञ्चालन गर्न निर्देशन गरेको छ ।
आज बसेको बैठकले शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेण्डरअनुसार भोलिदेखि विद्यालय नियमिति रुपमा सञ्चालन गर्न निर्णय गर्दै यस्तो निर्देशन दिएको हो ।
महाशाखाले विद्यालय सञ्चालन भए नभएको अनुगमन समेत गर्ने जनाएको छ । तर सामुदायिक विद्यालयका शिक्षकहरु नयाँ शिक्षा ऐन जारीलगायतका माग गर्दै विगत १७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरुले दैनिकजसो राजधानीमा प्रदर्शन गर्दै आएका छन् । आफ्ना माग पूरा नभए आउदै गरेको कक्षा १२ को परीक्षामा भाग नलिने, विद्यालयको पठनपाठन बन्द गर्ने चेतावनी शिक्षकहरुको छ ।










