काठमाडौं । चैत १५ गते तिनकुनेको आन्दोलनमा सहभागी आफ्ना नेताको रिहालगायतका माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । राप्रसाले प्रदर्शनमा निषेधित क्षेत्र तोडे पूर्व घोषणा समेत गरिसकेको छ ।
यता निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ । गृह मन्त्रालयले हिजो बेलुका विज्ञप्ति निकालेर निषेधित क्षेत्रमा संविधान र कानून उल्लङ्घन गर्ने गरी हुने कुनै पनि गतिविधि सैहृय नहुने बताएको हो ।
राप्रपाले आजदेखि राजतन्त्र पुनः स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कानूनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनि राप्रपाका नामबाट सार्वजनिक समाचार र अभिव्यक्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।
